२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीमतीले ढिंडो पकाएको भाँडो प्रहार गर्दा श्रीमान ठहरै


१०८९५ पाठक संख्या
  • २०८० मंसिर १२, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भाँडो प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भाँडो प्रहार गरेको उनको भनाई छ ।

    लम्सालले भने, ‘भाँडोमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो।’ सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार