२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुदा एकको मृत्यु


१३८०७ पाठक संख्या
  • २०८० मंसिर १४, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको राशी गाउँपालिका वडा नं ११ मा पर्ने वि.पि राजमार्ग खण्डको डालाबेशि सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

    काठमाण्डौबाट सिन्धुलि तर्फ जादै गरेको बा.प्र.०२–०२४ प ४०९२ नं. को मेटरसाईकल आफै अनियन्त्रित भई पल्टदा सोहि दिशाबाट आउदै गरेको बा ४ ख ७५१८ नं. को बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले ठक्कर दिदा मोटरसाईकलको पछाडि बसि सवार गर्ने का.म.न.पा.११ बस्ने बर्ष अं. ६१ कि बिन्दा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    मोटरसाईकल चालक काठमाण्डौ का.म.न.पा. ११ बस्ने बर्ष अं. ६१ को ज्ञानराज गिरी दाहिने हात र खुट्टामा चोट लागि घाईते भएका छन् । घटना घटेको जानकारी पाउनासाथ ई.प्र.का. मंगलटारबाट प्रहरी टोली पुगि उद्दार गर्दै घाइतेको उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो । उपचारको क्रममा ६१ कि बिन्दा गिरीको ११.१९ बजे डा.ले मृत घोषणा गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार