२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्ध स्थापना दिवसको अवसरमा रक्तदान हुने


५६१७ पाठक संख्या
  • २०८० मंसिर १५, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा मंसिर १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

    स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा नै रक्तदान कार्यक्रम हुन लागेको हो ।

    सामाजिक काम गरेर स्थापना दिवस मनाउने उद्धेश्यले रक्तदान गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले बताए ।

    रक्तदान गर्नको लागि नगरपालिकाले सबै जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण नगरबासीमा अनुरोध समेत गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार