२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्धमा ३१ जनाले गरे रक्तदान


८३९९ पाठक संख्या
  • २०८० मंसिर १६, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरेको छ ।

    स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा ३१ जनाल रक्तदान गरेका हुन् ।

    नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।

    नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सबैलाई आभार प्रकट गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार