२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

शिक्षक भलिवलको उपाधि पलाञ्चोक भगवती माविलाई


९३३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० मंसिर २३, शनिबार मा प्रकाशित ५ महिना अघि
  • सुदीप काफ्ले,

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको पाँचखाल जेसिजको आयोजनामा सम्पन्न पाँचखाल नगर स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि श्री पलाञ्चोक भगवती माविले चुम्न सफल भएको छ ।

    श्री पाल्ञ्चोक भगवती मावि ,भगवती मावि ,जनता मा वी, श्रीराम मा वी, भक्रम देवी मा वी, सर्वमंगला मा वी, गणेश मा वी, आजात मावी, महांकाल मावी,गोल्डेन फ्युचर इङलिस बोर्डिङ स्कुल गरि १० बिद्यालय सहभागि रहेको उक्त प्रतियोगितामा आजाद मा वी दोस्रो, महांकाल मा वी तेस्रो र गणेश मावी चौथो हुन सफल भएको थियो ।

    प्रतियोगिताले बिद्यालय — बिद्यालय बीचको सम्बन्ध तथा शिक्षक र जेसिज विचको सम्वन्धमा थप प्रगाढ बनाउने उद्देस्यले खेलको आयोजना गरेको आयोजक पाँचखाल जेसिस वर्ष २०२३ का अध्यक्ष राजाराम पौड्यालले जानकारी गराउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगरको निवर्तमान उपमेयर लक्ष्मी दनुवार, पाँचखाल नगरका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जय तामाङ, नेपाल उद्योग वाणिज्य संघ वाग्मती प्रदेस सदस्य तथा मेला संयोजक राजन कार्कि, पाँचखाल ९ का निवर्तमान वडा अध्यक्ष किरण श्रेष्ठ, पाँचखाल ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठ, जेसिजका संस्थापक अध्यक्ष दिलिप आचार्य, पाँचखाल नगरका शिक्षा शाखा प्रमुख उदय कोईराला लगायतले उपस्थितिमा सम्पन्न खेलका विजयीहरूलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार