२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भरुवा बन्दुक पड्केर मृत्यु


९०४९ पाठक संख्या
  • २०८० मंसिर २४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • पाल्पामा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङडाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारुको आफैंले बोकेको बन्दुक पड्किएर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शनिबार बेलुकी फापर लगायत अन्नबाली खान आएको दुम्सीलाई हान्न बारीमा पुगेका सारु चिप्लिएर लडेपछि आफैंले बोकेको बन्दुक पड्किँदा घाइते भएका थिए । उपचारका लागि रामपुर अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    सारुको खुट्टाको घुँडामाथि छर्राले लागेको छ भनने प्रहरीले एक नाल भरुवा बन्दुर, भिर्ने झोला अम्लिसोघारीमा बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार