२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

आज पहाडी क्षेत्रमा वर्षा, तराईमा हुस्सु


५६१७ पाठक संख्या
  • २०८० मंसिर २६, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    विभागकाअनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    आज राति पहाडी भूभागका केही स्थानमा सामान्य बदली रही बाँकी भागको मौसम सफा रहने छ ।

    देशभरको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।आज सूर्योदय बिहान ६ बजेर ४५ मिनेट र सूर्यास्त ५ बजेर १० मिनेटमा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार