२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

काभ्रेपलाञ्चोकको पाँचखालमा सवारी दुर्घटना एकको मृत्यु


१२०६५ पाठक संख्या
  • २०८० मंसिर २८, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ हनुमान गडी ( घुम्ती) मा मोटरसाईकल र डिब्बा एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालकको मृत्यू भएको छ ।

    आज ( विहिबार ) विहान ८ः३० बजेको समयमा अरनिको राजमार्ग सडक खण्ड ३९ किलोमिटर ( पाँचखाल नगरपालिका वडा नं ६ हनुमान गडी) खाँवा तर्फबाट पाँचखाल तर्फ जादै गरेको बा ८७ प ६४१ नं. को मोटरसाईकलले ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    यात्रुवाहक बसलार्ई ओभरटेक गर्ने क्रममा विपरित दिसाबाट आएको प्र. ३– ०१– ००५ ख ९७०३ नं. को डिब्बा गाडिमा ठक्कर खाँदा मोटरसाईकल चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती न.पा १२ बस्ने अं. बर्ष ३४ रुपक खत्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सडक दुर्घटना पश्चाद अवरुद्ध भएको राजमार्ग ११÷२० बाट सञ्चालन भएको छ । मृतकका आफन्त घटनास्थल पुगेपछी शव उठाउने कार्यका साथै अबरुद्ध राजमार्ग सञ्चान भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार