२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

बेहुलाको गाडीले ठक्कर दिदा एकको मृत्यु ४ जना घाइते


८१६५ पाठक संख्या
  • २०८० मंसिर २९, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • प्युठान / प्युठानमा बेहुला चढेको गाडीले ठक्कर दिँदा एक जना जन्तीको मृत्यु भएको छ। प्युठानको ऐरावती गाउँपालिका-२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्तीको मृत्यु भएको हो।

    अघिअघि जन्ती पछिपछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठान प्रहरीले बताएको छ।

    दुर्घटनामा मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले इन्स्पेक्टर खनालले जानकारी दिए।

    दुर्घटनामा थप तीन जना घाइते भएका छन्। मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार