२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

महिला विकास कार्यक्रमको सामाजिक परिक्षण


११२५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० मंसिर ३०, शनिबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले महिलाहरू आर्थिक रुपमा सक्षम भयो भने मात्र हिंसाका घटनामा कमी आउने बताउनुभयो । उहाँले सामाजिक परिचालनका माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन जोड दिँदै स्थानीय सरकारसँग मिलेर महिला विकास कार्यक्रमलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमलाई अलपत्र छोड्न नहुने उल्लेख गर्दै उहाँले संस्थासँग मिलेर काम गर्न सकिने कुरामा जोड दिनुभयो । महिला शक्ति विकास केन्द्रले मंसिर २६ गतेदेखी मंसिर २९ गतेसम्म कार्यक्रम संचालित स्थानमा गरेको सामाजिक परिक्षणका क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

    धुलिखेल नगर उपप्रमुख निराजन जंगमले महिला विकास कार्यक्रमलाई स्थानीय सरकारसँग समन्वय गरी निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारीले महिलाहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्त बनाउने महिला विकास कार्यक्रम अनुकरणिय रहेकाले स्थानीय सरकारबाट निरन्तरता दिइने बताउनुभयो ।

    पाँचखाल नगरपालिका ८ कि कार्यवाहक वडाध्यक्ष सरस्वती फैजुले कार्यक्रमले महिलाहरूमा परिवर्तन ल्याएको बताउनुभयो । कार्यक्रमहरूमा सम्वन्धित वडाका वडाध्यक्षहरू, महिला सदस्य, कर्मचारी, संघ संस्थाका प्रतिनिधि र गाउँ महिला समूहका सदस्यहरूले कार्यक्रमबाट महिलाहरूमा परिवर्तन ल्याएको उल्लेख गरेका थिए ।

    महिला शक्ति विकास केन्द्रले स्वतन्त्र पहिचान बनाएका व्यक्ति वा संस्थाबाट आफ्नो क्रियाकलापको सामाजिक परिक्षण गराँउदै आएको छ । काभ्रेपलाञ्चोक जिल्लामा संचालित कार्यक्रमको सामाजिक परिक्षण गर्दै मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले कार्यक्रमका असल अभ्यास र उपलव्धीलाई प्रचार–प्रसार गर्न, समूहका अगुवाहरूलाई सूचना प्रविधि, प्रतिवेदन लेखन जस्ता आवश्यक तालिम संचालन गर्न र स्थानीय सरकारको सहयोगमा कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न सुझाउनु भएको छ । कार्यक्रमबाट महिलाहरूले जिम्मेवारी पाएमा तोकिएकै समयमा सजिलै काम सम्पन्न गर्नसक्ने र सानो उपलव्धीले पनि परिवार र समाजमा खुशी ल्याउन सक्ने कुरा कार्यक्रमबाट सिकिएको बताउनु भयो । लैगिक समानताका मुद्दा महिलाका मात्र मुद्दा नभएकाले आधारभुत आवश्यकता मात्र पुरा हुने हो भने महिलाहरुले परिवर्तन ल्याउन सक्ने कुरा कार्यक्रमहरूमा जोड दिइयो ।

    महिला शति विकास केन्द्र नेपालले स्थापना कालदेखी महिला नेतृत्व विकासको परियोजनामा काम गरिरहेको छ । जिल्लाको धुलिखेल, पाँचखाल, बनेपा नपा र बेथानचोक गाउँपालिकामा २०६६ सालदेखी समूहमार्फत कार्यक्रम संचालन गर्दै आएको छ । २०७५ सालदेखी कार्यक्षेत्र विस्तार गरी यस संस्थाले धुलिखेल नपा–८, बनेपा नपा–१०, पाँचखाल नपा–८ र बेथानचोक गाउँपालिका–२ मा महिला विकास कार्यक्रम संचालन गर्दै आएको छ । २०६४ सालमा काठमाडौंमा स्थापना भएको यस संस्था हाल १२ जिल्लाका १५ नगरपालिकाको २२ र १८ गाउँपालिकाको २२ गरी ४४ वटा वडामा कार्यरत छ ।

    महिला शक्तिले सामाजिक परिचालनको माध्यमबाट सचेतना, कमजोर महिलालाई सहयोग, अन्र्तक्रिया, प्रतियोगिता, तालिम, पुरस्कार र आफ्ना कार्यक्रमको सामाजिक परिक्षण गर्दै आएको छ । लैंगिक समानता, हिंसा न्युनिकरण, जलबायु परिवर्तन, महिला अधिकार, नागरिक शिक्षा, सम्भावित महिला नेतृहरूको सिप विकास, सुशासन, गाउँ महिला समूहको निमार्ण र परिचालन गरिरहेको छ ।
    संस्थाले विगत २ वर्षमा महिला सशक्तिकरणका लागि २४ लाख ४६ हजार सातसय ९२ रुपैया खर्च गरेको छ । यी कार्यक्रमहरूमा २ सय ३५ दलित, ८ सय २१ जना जनजातिसहित दुईहजार तीनसय ४१ जना लाभान्नित भएका छन् ।
    महिला शक्ति विकास केन्द्र नेपालको कोर लिडर गोमा गोलेको अध्यक्षतामा भएका कार्यक्रममा क्षेत्रीय संयोजक सिर्जना प्याकुरेलले स्वागत मन्तव्य, कोर लिडर कुसुम दुलाल, निर्मला थापा र जुनियर कोर डिर राधाकुमारी श्रेष्ठले संस्थाले गरेका गतिविधिका विषयमा आफ्ना भनाई राख्नुभएको थियो । पाँचखाल, बनेपा, धुलिखेल र बेथानचोकमा भएका कार्यक्रममा ७७ जना महिलासहित ९० जनाको सहभागिता थियो ।

    आयआर्जन र समूह परिचालन कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा ३१ वटा महिला समूह गठन भई ८६ लाख एकासी हजार आठ सय ७५ रुपैया बचत गरिएको देखिन्छ । महिलाहरूको १६ लाख ५८ हजार स्वलगानी र संस्थाको तर्फबाट १६ लाख ६० हजार ८६ रुपैया अनुदान सहयोग भएका महिला समूहहरूले ४१ लाख ९३ हजार आयआर्जन कोष र लगानीमा राखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार