२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

धुलिखेलमा आधारभुत तालिम सम्पन्न


५९०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ४, बुधबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) धुलिखेल नगर समितिको आयोजनामा ५ घण्टे आधारभुत स्कुलिङ तालिम हिजो शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।

    तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले गरेका थिए । प्रमुख प्रशिक्षक समेत रहेका तामाङले राजनैतिक अर्थशास्त्र, विश्वमा प्रचलित अर्थराजनैतिक विचारधाराहरु, कम्युनिस्टले किन राजनैतिक अर्थशास्त्र पढ्नुपर्छ लगायतका विषयहरुमा प्रशिक्षण दिइएको थियो ।

    त्यस्तै अन्य प्रशिक्षकहरु नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य स्कुलिङ विभाग सचिव रामदिप आचार्यले ब्रहमाण्ड विकासको सिदान्तहरुबारे र केन्द्रिय नेता जग प्रसाद शर्माले दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद बारे त्यस्तै आई.सी.टी विभागका विर्मस मिश्रले सुचना प्रविधिको महत्व लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवं जिल्ला सचिव दैवलाल घिसिङ, निवर्तमान नगर अध्यक्ष पृथ्वी थापा, प्रदेश कमिटी सदस्य विष्णु मिजार लगायतको सहभागीता थियो ।

    कार्यक्रम नेकपा (माओवादी केन्द्र)धुलिखेल नगर समितिका उपाध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा र केन्द्रिय सदस्य एवं अभियानका नगर ईञ्र्चाज अनिल शर्माको संयोजकत्वमा सम्पन्न भएको हो । तालिममा ४० जना सहभागीहरुको उपस्थिती थियो । कार्यक्रमको संचालन नेकपा(माओवादी केन्द्र)धुलिखेल नगर समितिका सचिव अर्जुन प्रसाद पौडेलले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार