२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आर्थिकले पुर्व सञ्चालक तथा जेष्ठ सदस्य लाई सम्मान


१३४४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ६, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल र आसपासको क्षेत्र साथै काभ्रेपलाञ्चोक जिल्लामा रहेका कृषकहरु , उद्येमी , व्यवसायीहरु समेतलाई आर्थिक अभावको चपेटाबाट मुक्ति दिलाउने प्रमुख उद्देश्यका साथमा २० बर्ष अगाडि सञ्चालन भएको आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा संस्थाका पुर्व सञ्चालकहरु साथै जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

    आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्था ली. मिति २०६१ साल पौष ०५ का दिन पाँचखाल नगरपालिका वडा नं ४, पाँचखाल, तामाघाटमा स्थापना भएको सहकारी संस्था हो । यस संस्था काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र बनाई निति, विधि र प्रविधिहरुको उच्चतम प्रयोग गर्दै उत्कृष्टता हासिल गर्दै समुदायमा आधारित भएर आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको छ । संस्थाले वित्तिय कारोवारका माध्यमबाट सदस्यहरुलाई सेवा पुर्याउनुका साथै गैह्वित्तिय कृयाकलापहरुबाट समेत सदस्यहरुलाई सेवा पुर्याई रहेको छ । सामाजीक उत्तरदायित्वका कार्यहरु समेत गर्दैआएको छ । संस्थाले आफ्ना सेवालाई गुणस्तरिय बनाई संस्थागत सुसासनलाई कायम राख्न प्रोवेशन ब्राण्डिङ कार्यक्रममा सहभागी भैआएको छ ।

    संस्थाको स्थापनालाई स्मरण गर्दै पौष ०५ गते विहिवारका दिन संस्थाको २० औं बर्ष पुरागरि २१ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाको स्थापनाकाल देखिका पुर्व सञ्चालकहरु तथा लेखा सुपरिवेक्षण समितिमा रहेर योगदान पुर्याउनु भएकाहरुको योगदानको कदर गर्दै सम्मान गरेको थियो । त्यसैगरी संस्थाका जेष्ठ सदस्यहरु संस्थाको गहनाको साथै मार्गनिर्देसक हुन भन्दै उनिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम र संस्थालाई आधुनिक प्रविधि सहितको सेवा उपलब्ध गराउन गर्न ट्यापलेट बैंकिङ र क्युआर कोड सहितको सेवाको शुभारम्भ भएको छ ।

    संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको शभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बाग्मती प्रदेशका माननिय श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । पाँचखाल नगर पालिकाका वडा अध्यक्ष ज्यूहरु, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरु ,नगर भित्र संचालित बिभिन्न विषयगत सहकारीका अध्यक्षहरु तथा प्रतिनिधि हरुको आतिथ्यतामा सम्मन्न कार्यक्रमको संचालन संस्थाका सचिव राम प्रसाद कोइरालाले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष राजन कार्किद्धारा कार्यक्रममा सहभागीहरुलाइ स्वागत मन्तव्य राख्नुभएको थियो ।

    संस्थाले आज जुन विस्तारित रुप लिएको छ, जुन उचाई र विश्वास हासिल गरेको छ यो सवै सदस्यहरुको योगदानबाट सम्भव भएकोले सदस्यहरु प्रति हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दछौ र आगामी दिनहरुमा समेत सदस्यहरुको संस्थाप्रतिको माया, भरोसा र निरन्तर सहयोगको अपेक्षा सहित सदस्यहरुको विश्वास र भरोसालाई टुट्न नदिई सेवामा समर्पित हुने छौ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार