२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

फोक्सिन्टारमा नवनिर्मित भवनबाट स्वास्थ्य सेवाको सुरुवात


५२२७ पाठक संख्या
  • २०८० पौष ७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका-३ मा रहेकाे फोक्सिन्टार स्वास्थ्य चौकीकाे नवनिर्मित भवन शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले हस्तान्तरण गरेका हुन् ।

    भारत सरकारको आर्थिक सहयोग, सघन शहरी तथा भवन निर्माण आयोजना र तत्कालिन राष्ट्रिय पुननिर्माण कार्यालयको प्राविधिक सहयोगमा उक्त भवन निर्माण गरिएको थियाे ।

    कार्यक्रमलाई सम्वाेधन गर्दै गाउँपालिका अध्यक्ष जिम्बाले आफूहरु विभिन्न याेजनाहरुकाे शिलान्यास मात्रै होइन हस्तान्तरणमा पनि हामी निरन्तर रहेको बताएका छन् । निर्माण ब्याबसयीको ढिलासुस्तीको कारण केही याेजनाहरु सम्पन्न गर्न समस्या भए पनि केहि याेजनाहरु भने सम्पन्नता पछि धामाधाम हस्तान्तरणको चरणमा रहेको बताए । उनले आफ्नाे कार्यकालकाे सुरुको बर्षहरु सुरुवात तथा पहलको चरणमा बताउँदै अब भने आफुहरु शिलान्यास तथा उद्घाटनको चरणमा आइपुगेकाे दावी गरे ।

    फोक्सिन्टार स्वास्थ चौकी औपचारिक रुपमा हस्तान्तरण भए पछि शुक्रबार देखि नै नयाँ भवनबाट सेवा प्रारम्भ गर्न पाएकोमा सहयोगी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

    हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत हरि विष्ट र  वडा अध्यक्ष कारसाङ लामाको समेत उपस्थिति थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार