२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खानीखोला र महाभारतमा सडक र पुलको शिलान्यास


८००९ पाठक संख्या
  • २०८० पौष ७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा विभिन्न सडक र पुलको एकै दिनमा शिलान्यास भएको छ । दुवै गाउँपालिकामा वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले एक समारोहका बीच शिलान्यास गरेका हुन् ।

    महाभारत-१ र ८ को सिमाना सोलाभन्ज्याङमा प्रदेश गौरवको योजना जनमुक्ति मार्ग अन्तर्गत चेनेज 00+000 कि.मि. देखि 9.380 कि.मि. सडक देविटार देखि गोकुले लवडाँडा सम्म कालो पत्रेसहित र देबिटार पुलको शिलान्यास गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशको पुर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सांसद रत्न प्रसाद ढकाल र महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाकाे समेत सहभागी थियाे ।

    यसैबीच खानीखाेला गाउँपालिका वडा नं ६ र ५ जाेड्ने सडक पुल समेत मन्त्री दुलालले शिलान्यास गरेका छन् । साे कार्यक्रममा प्रदेश सांसद रत्नप्रसाद ढकाल, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङकाे समेत सहभागीता थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार