२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना , एकको मृत्यु , एकजना गम्भिर अवस्थामा


१४४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ८, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं १ बुढापोखरीबाट पर्खालचौर तर्फ जादै गरेको बा ४१ प २५३२ नं. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु एक जना गम्भिर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    प्रहरीको अनुसार आज (आईतवार) दिउंसो १२ बजेको समयमा सवारी दुर्घटना हुँदा पनौती नगरपालिका वडा नं १ बुढापोखरी बस्ने स्कुटर चालक बर्ष ४५ को मंगल बहादुर श्रेष्ठको घट्ना स्थलमा नै मृत्यु भएको र सोही स्कुटरमा सवार सोही स्थान बस्ने बर्ष ३० को कुमार श्रेष्ठ घाईते भई उपचारको लागी शिरमेमोरियल अस्पताल पठाईएको छ ।

    घाईते श्रेष्ठको टाउकोमा चोट लागि गम्भिर अवस्थामा रहेको जनाईएको छ । घटनास्थलमा प्रहरी चौकी कुशादेवीबाट प्र.स.नि. लोक प्रसाद दुलालको कमाण्डमा टोली खटी गई घट्ना स्थल सुरक्षीत राखीएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार