२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विपि राजमार्गमा सवारी दुर्घटना, दुईको मृत्यु


९१०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ९ पुस, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    सोमबार बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार