२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

यात्रुवाहक बसमा आगजनी , बस जलेर ध्वस्त, विपि राजमार्ग अवरोध


९१२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ९ पुस, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बसमा आगजनी गरेका छन् ।

    अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

    सो बस बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आज बिहान सवा आठ बजे ठोक्किँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङको तुवाचुङ नगरपालिका–२ का सुशन राईको मृत्यु भएको थियो ।

    सो घटनापछि स्थानीयले बसमा आगो लगाइदिएका थिए । बसमा आगो लगाइदिएपछि केहीबेर बीपी राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले अहिले भने यातायातका साधन सन्चालन भइरहेको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार