२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाईको मासु सहित पाँचखालमा तीन जनालाई प्रहरीले झ्याप


२९९५३ पाठक संख्या
  • २०८० पौष ९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १ घुमाउने चौरमा गाई काटेर मासु भागलगाउने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    गाई काटि रहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पाँचखाल बाट खटिएको प्रहरी टोलिले ८५ के.जि. गाईको मासु सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं १ बस्ने कृष्ण वहादुर तामाङको छोरा बर्ष ३४ को मिन बहादुर तामाङ , काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं १ बस्ने मिन वहादुर तामाङ को छोरा बर्ष ३० को सन्त बहादुर तामाङ र सिन्धुलि जिल्ला घ्याङलेक गाउंपालिका वडा नं २ बस्ने बर्ष २७ को अर्जुन लामा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%११%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार