२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

काभ्रेपलाञ्चोकमा सुतेको ठाउमा दुई जना अचेत, एकको मृत्यु ,एकको उपचार हुँदै


१५००३ पाठक संख्या
  • २०८० पौष १०, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ बस्ने ग्याल्बो लामा आफ्नै घरको कोठामा सुतेको अवस्थामा अचेत भई उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

    बर्ष ८२ को कर्मा ग्याल्बो लामा र निजकै श्रीमती बर्ष ८१ की असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाई सुती रहेको अवस्थामा आज (मंगलवार) बिहान अबेर सम्म नउठे पछी ढोका खोलि हेर्दा दुवैजना बेहोस अवस्थामा भेटिएको थियो ।
    छोरा बुहारीले ढोका खोली हेर्दा बेहोस रहेको देखि उपचारको लागी धुलीखेल अस्पताल लगेकोमा बिहान ९ ÷३० बजेको समयमा ग्याल्बो लामालाई उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेका थिए भने उनको श्रीमती असनीको अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिजो ( सोमवार ) राती सुत्ने समयमा कोठामा हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको र सोही तातोमा निसास्सिएर मृत्यु भएको हुन सक्ने आसंका गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार