२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा भेटियो बेवारिसे शव


८९४५ पाठक संख्या
  • २०८० पौष ११, बुधबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको पनौती नगरपालिका वडा नं १० स्थित फूलचोकी सामुदायिक वनमा बेवारिसे शव फेला परेको छ ।

    मंगलबार दिउँसो उक्त शव फेला परेको बताइएको छ । प्रहरीका अनुसार बर्ष ३५/३६ को देखिने पुरुष ब्यक्ति रुखमा जुटको बोराको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेका हुन् । शबकोसको हो भन्ने पहिचान हुन सकेको छैन ।

    मृतकको शरिरमा रहेका चिजबस्तु, चिन्ह तथा कपडाहरुबाट सनाखत हुन सक्ने भन्दै प्रहरीले उक्त चिजबस्तु, चिन्ह तथा कपडाको फोटो हेरी नजिकको प्रहरी कार्यालय तथा यस इलाका प्रहरी कार्यालय बनेपामा जानकारी एवं फोन नं. ९८५१२८२९१३, ९८५१२००२९९ मा सम्पर्क गरी अनुसन्धानमा सहयोग गरिदिन समेत अनुुरोध गरेको छ ।

    प्रहरीका अनुसार मृतकको शरिरमा Baby shop everyone deserves the best   लेखिएको फिक्का निलो रंगको टिसर्ट १ थान, कालो रंगको पाइन्ट १ थान,erke ब्रान्डको लोगो भएको ७ नम्बर साईजको जुत्ता जोडी १ थान,र कालो रंगको अन्डरवेयर थान रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार