२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई राउन्ड गोली प्रहार गरेर सुजितलाई पक्रन सफल प्रहरी


१११५५ पाठक संख्या
  • २०८० पौष ११, बुधबार मा प्रकाशित ७ महिना अघि
  • बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई  पक्राउ गरेको छ ।

    स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो । अन्ततः  उनलाई मंगलवार राति करिब ९ बजे  २ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद  काफ्लेले  जनाएका छन् । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।

    विश्रामपुर गाउँपालिका वडा नं. ३ मा देखिएका सिंहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गर्नुपरेको प्रहरी उपरीक्षक काफ्लेले जनाएका छन् । सिंहको हाल कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार