२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीमा तास खेल्ने ८ लाई पक्राऊ


७६४५ पाठक संख्या
  • २०८० पौष १२, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ४ ठाडो बाटोमा तास खेल्दै गरेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बुधबार साँझ ५ः २० को समयमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बाट खटि गएको प्रहरी टोलिले ठाडोबाटो स्थित श्री लक्ष्मि काठ फर्निचरमा पक्राउ गरेको हो ।

    पक्राउ परेका व्यक्तिहरुबाट २ बुक तास सहित नगद २,१६,७०५।– (दुई लाख सोह्र हजार सात सय पाँच) फेला पारेको छ । पक्राउ परेकाहरुलाई आवस्यक कानुनि कारवाहीको लागि प्रक्रिया अगाडि बढाईएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार