२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अन्तर विद्यालय स्तरिय हिज्जे प्रतियोगिता सम्पन्न, उग्रचन्डी बोर्डिङ र पनौती बोर्डिङ प्रथम


१०४७९ पाठक संख्या
  • २०८० पौष १२, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेवेसीमा रहेको ग्रामीण पाठशालाको आयोजना साथै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) काभ्रेको सह आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

    बुधबार ग्रामीण पाठशाला भकुण्डेको प्राङ्गणमा भएको उक्त हिज्जे प्रतियोगिता कार्यक्रम आधारभुत तह र माध्यमिक तह गरि दुई तहमा संचालन भएको थियो । जस्मा आधारभुत तहमा उग्रचन्डी बोर्डिङ स्कुल नाला प्रथम, सेन्टलम एल्वम एकेडेमी पनौती द्वितीय र पनौती बोर्डिङ स्कुल तृतीय भएको थियो भने न्यु मोडेल एकेडेमी बनेपाले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

    त्यसैगरी माध्यमिक तर्फ पनौती बोर्डिङ स्कुल प्रथम, सेन्टलम एल्बम एकेडेमी द्वितीय र उग्रचन्डी बोर्डिङ स्कुल तृतीय हुन सफल भएको थियो भने न्यु मोडेल एकेडेमीले सान्त्वना स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरूलाई प्रमाणपत्र शिल्डले पुरस्कृत गरिएको थियो ।

    ग्रामीण पाठशालाका प्रिन्सिपल विदुर शर्मा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम नेशनल प्याब्सन काभ्रेका अध्यक्ष अग्नि प्रसाद ज्ञावालीको प्रमुख आतिथ्यतामा भएको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार