२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ज्येष्ठ नागरिकलाई पौष्टिक आहार सहित सम्मान


६८३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष १२, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट र पौष्टिक आहार सहित सम्मान गरेको छ ।

    तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुधवार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो ।

    ज्येष्ठ नागरिकहरुलाई नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख विष्णुमणी नेपालले ब्याङ्केट र पौष्टिक आहार सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । नगरपालिका भित्रको १ देखि १२ नम्बर वडा सम्मका ९५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख वाईबाले भन्नुभयो —राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको उल्लेखनिय योगदान रहेको बताउदै ‘हाम्रो नगरपालिकासँगै राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको ठूलो योगदान छ । उहाँहरुलाई हामीले बिर्सनु हुँदैन ।’ ‘घर परिवार र समाजका हरेक ब्यक्ति ज्येष्ठ नागरिकको उच्च सम्मान गर्नुपर्छ ।’

    राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कार्यक्रममा सहभागि ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार