२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओराले र लागाईदिए गाडिमा आगो 


७३३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष १३, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • १३ पुस, काठमाडौं । बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

    एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालुकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

    तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार