२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा हत्याको आशंकामा युवा प्रक्राउ


१०४२७ पाठक संख्या
  • २०८० पौष १८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं १० हल्दे बस्ने बर्ष ६५ की कान्छि दमाई हत्याको आशंकामा युवकलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी पगराएको छ ।

    मंसिर ३० गते कान्छी दमाईको घर देखि अं. ४ सय मिटर उत्तर तर्फ छिमेकीको बारीमा मृत अवस्थामा फेला परेको घटना स्थानियले जंगली जनावर चितुवा बाट हुन सक्ने बतायको थियो । तर घटनाको पोष्टमार्टम रिपोर्टमा Animal bite  नदेखिई मृत्युको कारण blunt force injury उल्लेख भई आएकाले घटना शंकास्पद देखिएको हुँदा प्रहरीले छानविन प्रकृया अगाडि बढाएको थियो ।

    प्रहरीले घटना पत्ता लगाउन बिशेष टोली परिचालन गरिएकोमा मृतकले लगाउने गहना सुन पसलमा बेच्न ल्याउने मानिसहरुमाथि शंका लागेकोले काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं १० बस्ने दमाई सिंह तामाङको छोरा बर्ष १७ को बुद्ध तामाङ लाई पक्राउ गरी कर्तब्य ज्यान मद्धामा दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य सुरु गरिएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार