२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मोटरसाईकल चोर्ने गिरोहलाई प्रहरीले झ्याप


६७६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष २३, सोमबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौँ । विगत लामो समय देखि मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह गाउँपालिका- २ बस्ने २३ वर्षीय निकाईल अन्सारी रहेका छन् ।

    संगठित गिरोहको खोजतलास एवं नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन नै सञ्चालन गरेको थियो । अपरेसनको क्रममा १०० भन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा पुर्‍याई बिक्री गर्ने गिरोहका दुई जनाहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

    उनीहरूलाई गत मङ्सिर २९ गते विराटनगरबाट पक्राउ गरिएको थियो ।  पक्राउ परेका नजाम अन्सारीको साथबाट अवैध लागु औषध ब्राउन सुगर १.०३ ग्राम बरामद भएको थियो । उनीमाथि लागु औषध कसुरमा समेत अनुसन्धान गरिएको प्रहरीको भनाई छ । अन्सारी विगतमा समेत निम्न अपराधमा संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।

    उनीहरूले चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाईएको दाहालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार