२०८० फागुन ८, मंगलबार | Tue, 20, Feb, 2024

नमोबुद्ध नगरपालिकामा को हिउँदे अधिवेशन सम्पन्न, जनस्वास्थ्य सेवा विद्येयक पारित


३९५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष २६, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ ।

    बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका संयोजक विरबहादुर लामाले निर्णयार्थ प्रस्तुत गरेको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन गर्नको लागि बनेको जनस्वास्थ्य सेवा विद्येयक, २०८० सर्वसम्मतले पारित भएको हो ।

    बैठकमा विधायन समितिका संयोजक टिकाबहादुर केसीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को लागि स्विकृत भएको नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०८० को अनूसूची माथिको संशोधन प्रस्ताव पनि पारित भएको छ । बैठकले नगर कार्यापालिका बैठकबाट पेश भएका प्रस्ताव एवं विशेष निर्णयहरु पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।

    नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा, नगर उपप्रमुख रत्नबहादुर लामाको उपस्थितीमा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले आर्थिक बर्ष २०८०/८१ को लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्विकृत भएको नीति, कार्यक्रम र बजेट (बार्षिक नगर विकास योजना) मा हालसम्म भएको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार, हालसम्मको अवधीमा चालुतर्फ २७ प्रतिशत र पुँजीगततर्फ १६ प्रतिशत प्रगति भइ समग्रमा २४ प्रतिशत प्रगति भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार