२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा भिसो स्तरीय रनिङ सिल प्रतियोगिता‚ मार्च पासको उपाधि पाँचखाल भ्यालीलाई


८९१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ २, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा रहेको संस्थागत विद्यालयहरूको छाता संगठन भिसो ( पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाईजेसन ) को आयोजनामा भिसो रनिङ्ग सिल प्रतियोगिता आज ( मंगलबार ) पाँचखाल नगर उपप्रमुख सूर्य माया दनुवारले उद्घाटन गर्नुभएको थियो ।

    लगातार तीन दिन सम्म सञ्चालन हुने उक्त खेल प्रतियोगितामा पाँचखालमा रहेका १४ संस्थागत विद्यालय सहभागि भएका छन् । खेल सुरुवातको उद्घाटन सत्रमा आयोजित मार्च पासमा खेलमा सहभागि मध्य ७ विद्यालयहरू मार्चपासमा सहभागि भएका थिए ।

    मार्चपासमा सहभागि विद्यालय मध्य प्रथम भई उपाधि हासिल गर्न सफल भएको थियो पाँचखाल भ्याली माध्यमिक विद्यालय । त्यसैगरी दोस्रो गोल्डेन फ्युचर उमावि ‚ तेस्रो सरस्वती माध्यमिक विद्यालय र सान्त्वना पुरस्कार नमस्ते माध्यमिक विद्यालयले हासिल गरेका थिए ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगर उपमेयर दनुवारले भन्नुभयो “ पछिल्लो समयमा वाल बालिकाहरू मोबाइलमा मात्रै व्यस्त हुँदा शारीरिक व्यायाम कम छ ‚ जसले गर्दा स्वास्थ्यमा समस्या आउने गरेको छ ।” कुनै पनि प्रकारको खेलकुद कार्यक्रमले मानसिक तथा शारीरिक तन्दुरुस्त राख्छ । विद्यार्थीहरूका लागि यस्तो प्रकारको खेल आवश्यक रहन्छ । भिसोले यस्तो प्रकारको खेल बाषिर्क रुपमा आयोजना गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक सुदेश दिने बताउनु भयो । भिसोले आयोजना गरेको यस्तो कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यमा टेवा मिल्ने भएकोले यस्ता कार्यहरू समय समयमा गर्नुपर्ने बताउँदै आफ्नो ठाउँबाट साथ सहयोग गर्न तयार रहेको बताउनु भयो ।

    कार्यक्रमका सभापति ( भिसोका अध्यक्ष ) एवं गोल्डेन फ्युचर उमाविका प्राचार्य विशाल घिमिरेले पाँचखालमा २१ बर्ष अगाडि स्थापना भएको भिसोले खेलकुद कार्यक्रमलाई पनि एक प्रकारको गुरु मानेर अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो खेलकुद कार्यक्रम पनि विद्यार्थीहरूका लागि शिक्षक हो । खेलकुद कार्यक्रममा सहभागिता हुँदा विद्यार्थिहरुमा क्षमता वृद्धि तथा मानसिक रुपमा तिव्रता आउने भएकोले भिसोले प्रत्तेक वर्ष यही समयमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ४ पुफा खेल मैदानमा तीन दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा १४ विद्यालयबाट ४ सय जना विद्यार्थीहरू खेलकुद कार्यक्रममा सहभागि हुने आयोजकले जानकारी गराएका छन् । उक्त खेल मैदानमा खेलकुद तथा अन्य कार्यक्रमहरूमा समेत सहज रहोस् भनी पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङको पहलमा पानीको व्यवस्था सहितको शौचालय तथा स्टेज निर्माण भएको थियो ।

    तीन दिन सम्म सञ्चालन हुने उक्त खेलकुद कार्यक्रम उद्घाटनको क्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ ‚ नेपाली सेना ‚ नेपाल प्रहरी ‚ विभिन्न विद्यालयका प्रिन्सिपल समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्वास्थ्य सेवाको लागि पाँचखाल नगरपालिका स्वास्थ्य शाखावाट अहेव लुक प्रसाद गौतम नेतृत्वमा टोली परिचालन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार