२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज केही भागमा हल्का वर्षाकाे सम्भावना


५९०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ४, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    साथै लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो  कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । ती स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति भने  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार