२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आफूले हासिल गरेको ज्ञानलाई अव्बल सावित गर्नु पर्छ—मन्त्री लम्साल‚ भिसो रनिङ शीलको उपाधि सरस्वतीनगरलाई


९१०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ४, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा रहेको संस्थागत विद्यालयहरूको छाता संगठन भिसो ( पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाईजेसन ) को आयोजनामा तीन दिन सम्म सञ्चालन भएको भिसो रनिङ्ग सिल प्रतियोगिताको उपाधी सरस्वती शिक्षा गृह पाँचखालले हासिल गरेको छ ।

    लगातार तीन दिन सम्म सञ्चालन भएको उक्त खेल प्रतियोगितामा पाँचखाल र मण्डन देउपुरमा रहेको १४ संस्थागत विद्यालय सहभागि भएका थिए । खेल सुरुवातको उद्घाटन सत्रमा आयोजित मार्च पासमा तेस्रो स्थान हासिल गरेको सरस्वती शिक्षा गृहले रनिङ शिलको उपाधि हात लगाएसंगै चुनौती थपिएको छ । सो शिल प्राप्त गर्न लगातार तीन पटक जित्नु पर्ने भएकोले थप चुनौतीको सामाना गर्नुपर्ने भएको छ रनिङ शिलको उपाधि हासिल गर्दा विद्यार्थीहरुमा हौसला मिलेको छ ।

    तीन दिन सम्म चलेको खेल समापन कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले भन्नुभयो “ बिभिन्न विद्यालयहरुबाट खेलमा सहभागि भएका विद्यार्थीहरुले आफुलाई अब्बल सावित गर्नको लागि खेलमा सहभागि हुनुभएको छ ।” हामीले कुनैपनि शिक्षा हासिल गर्दै गर्दा भविश्य सुन्दरताको लागि राम्रो मान्छे बन्न सकु भन्ने उद्देश्यले अगाडि बढ्नु पर्छ । आफैलाई आफ्ना बाबा आमालाई साथै समाज र देशका लागि केही गर्न सकुँ भनेर अध्ययनको लागि विद्यालय जानुहुन्छ । जुनसुकै विधामा हासिल गरेको ज्ञानलाई अव्वल सावित गर्न सके दुनियाले पत्याउने छ । प्रमुख अतिथि मन्त्री लम्सालले भन्नुभयो ।

    खेल समापन कार्यक्रमका सभापति ( भिसोका अध्यक्ष ) एवं गोल्डेन फ्युचर उमाविका प्राचार्य विशाल घिमिरेले पाँचखालमा २१ बर्ष अगाडि स्थापना भएको भिसोले खेलकुद कार्यक्रमलाई पनि एक प्रकारको गुरु मानेर अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो खेलकुद कार्यक्रम पनि विद्यार्थीहरूका लागि शिक्षक हो । खेलकुद कार्यक्रममा सहभागिता हुँदा विद्यार्थिहरुमा क्षमता वृद्धि तथा मानसिक रुपमा तिव्रता आउने भएकोले भिसोले प्रत्तेक वर्ष यही समयमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ४ पुफा खेल मैदानमा तीन दिन सम्म सञ्चालन भएकोे उक्त कार्यक्रममा १४ विद्यालयबाट ४ सय जना विद्यार्थीहरू खेलकुद कार्यक्रममा सहभागि भएका थिए ।

    समापन कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ , याब्सन काभ्रेका अध्यक्ष श्याम वहादुर भुजेल लगाएतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष शंजय तमाङ , वडा नं २ का वडा अध्यक्ष रामेश्वर दाहाल , वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल ‚ वडा नं ७ का वडा अध्यक्ष रामशरण दंगाल, प्रहरी चौकी पाँचखाल ‚ विभिन्न विद्यालयका प्रिन्सिपल समाजसेवी एवं शिक्षासेवीहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार