२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अरनिको राजमार्गको दृश्य अस्ट्रेलियामा


८५०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ५, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौँ । कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड-२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।

    उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गर्न गरिने खर्चको सट्टा नेपाल आएर छायाङ्कन किन गरेनन् ? भन्ने छ । त्यहाँभन्दा नेपालमा वास्तविक दृश्य प्राप्त हुनुका साथै खर्च पनि कम हुन्छ । यसको जवाफ सम्बन्धित निकायसँग पनि छैन ।

    रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने भएकाले विश्वका अन्य देशले छायाङ्कनलाई आकर्षित गरिरहेको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । उनले नेपालमा ‘उचाई’, ‘फर्जी’ जस्ता चलचित्र र वेब शृङ्खलामा काम गरिसकेका छन् ।

    “उहाँहरूलाई चाहिने सहजता दिन हामीलाई सहज छैन । उहाँहरूको कथाअनुसार देखाइनुपर्ने दृश्य र खिचिने सामग्रीका लागि कतिपय कानुनी झन्झट पनि छन्”, म्यानेजर रेग्मीले भने । उनले एकद्वार प्रणालीमार्फत विदेशी चलचित्रलाई दिइनुपर्ने इजाजत दिएमा विस्तारै विदेशी चलचित्र नेपालमा छायाङ्कनका लागि आउने बताए ।

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले देखिएका समस्या चलचित्र नीति बनेपछि समाधान हुने बताए । “विविध समस्या छन्, तर नीति म अभिनेता बन्नुभन्दा अगाडिको छ । त्यसैले अहिले देखिएका समस्या समाधान गर्दैन । त्यसैले चलचित्र नीति चाँडै बन्नेछ”, बोर्ड अध्यक्ष केसीले भने ।स्रोत हाम्रा कुरा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार