२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा विद्यार्थीलाई उद्घोषण तालिम


४४७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ६, शनिबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ ।

    लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लागि बिदाको समयमा यस प्रकारका तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जीवनपयोगी तालिम सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो । व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चारका लागि वक्तृत्वकला मानव जीवनको अभिन्न पाटो रहेकोले तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसप्रकारका कार्यक्रमलाई वडा कार्यालयले पनि सहयोग गर्दै जाने बताउनुभयो । साथै अभिभावक शिक्षालाई पनि सँगै लान वडा अध्यक्ष तिमल्सिनाले विद्यालयलाई सुझाव दिनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद घिमिरेले किताब भन्दा बाहिर पनि सिकाइका विविध आयाम हुुने भएकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस प्रकारका गतिविधिलाई तालिका नै बनाएर अघि बढ्ने बताउनुभयो । सरस्वती माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय र पार्वती माध्यमिक विद्यालय गरी तीनवटा विद्यालयका ३८ जना विद्यार्थीहरु तालिममा सहभागि थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार