२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संविधानतः कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था हुनु पर्छ —धिताल 


१०२१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ११, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा अनेरास्ववियु पाँचखाल नगर कमिटीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

    नगर अधिवेशनको उद्घाटन गर्दै अनेरास्ववियु केन्द्रिय सचिव सञ्जीव धितालले भन्नुभयो —क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूले मुलुकमै रोजगारीको व्यवस्था हुनुपर्दछ । नेपालमा शैक्षिक बेरोजगारीको कारण बौद्धिक व्यक्तित्वहरू रोजगारीको कारण विदेशिनु परेको बताउनु भयो । मुलुकका गहनारूपी विद्वत् बर्गहरू विदेशिनुले मुलुकलाई ठुलो घाटा पुगेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिव धितालले नेपालको संविधानको अनुसूचित ८ अनुसार कक्षा १२ सम्म निशुल्क शिक्षा हासिल गर्न पाउने उल्लेख हुँदा पनि निशुल्क शिक्षाको व्यवस्था नगरेकोमा दुखेसो पोख्नुभयो । संविधान अनुसार कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गर्न सरकारलाई अनुरोध गर्दै सरकारले संविधान अनुसार व्यवस्था नगरे विद्यार्थीहरूले आफ्नो अधिकारका लागि पछि नहट्ने बताउनु भयो । मुलुकको स्वाधीनताको रक्षाको लागि अनेरास्ववियुले विगतदेखि पहरेदारको भूमिका निर्वाह गर्दै आएको र निरन्तर रुपमा कर्तव्य पालना गर्नेमा कुनै कमी हुन नदिने बताउनु भयो ।

    अनेरास्ववियु पाँचखाल नगर आयोजक कमिटीका संयोजक विकास योञ्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्ष विष्णुहरि पौडेल ‚ नेकपा एमाले जिल्ला कमिटी जिल्ला कमिटी सदस्य हरिराम खतिवडा ‚ अनेरास्ववियु स्थाई कमिटी सदस्य सागर हरि अधिकारी ‚ सर्वमङ्गला क्याम्पस प्रमुख केशव काफ्ले ‚ अनेरास्ववियु काभ्रे इन्चार्ज शालिकराम पराजुली ‚ अनेरास्ववियु काभ्रे अध्यक्ष मिलन गौतम‚ अनेरास्ववियु काभ्रे सचिव विमला तिमल्सिना लगायतका वक्ताहरूले आफ्नो धारणा राख्नुभएको थियो ।

    अनेरास्ववियु महिला विभाग प्रमुख प्रजिता ढुंगाना द्वारा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी सदस्य आभास चौलागाइँले मन्तव्यबाट स्वागत गर्नुभएको थियो भने स्वीकृति खतिवडाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    पाँचखाल स्थित सर्वमङ्गला क्याम्पसमा सम्पन्न तेस्रो अधिवेशनबाट विकास योञ्जनको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन भएको छ भने तीन सदस्य नयाँ कार्यसमितिबाट चयन गरिने भएको छ । जसको उपाध्यक्षमा सुलभ आचार्य ‚ सचिव पुजा खड्का ‚ सहसचिव द्वय उमेश दियाली र शुसिला गिरी ‚ कोषाध्यक्ष विमला सापकोटा रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा काजल श्रेष्ठ ‚ स्वस्तिका तामाङ ‚ निरूता तामाङ ‚ अन्जली लामा ‚ साजन स्याङ्तान ‚ सलिना ढुंगाना ‚ उत्सव सापकोटा  र रसिला वि.क रहनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार