२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आर्थिक विकासको अर्धवाषिक समीक्षा , सहकारीलाई देशकै अव्बल बनाउँछौ —पराजुली


१६७४५ पाठक संख्या
  • २०८० माघ १७, बुधबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाकोपाँचखाल नगरपालिका वडा नं ४ पाँचखालमा प्रधान कार्यालय रहेर काभ्रे जिल्लाभर कार्यक्षेत्र बनाई सञ्चालनमा आएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले अर्ध बाषिर्क समीक्षा कार्यक्रमको आयोजना गरेको छ ।

    सहकारी क्षेत्रमा केही सहकारीले नीति र विधिलाई पालना नगरी आफू खुसी मनलाग्दी ढंगबाट कार्य गर्दै शेयर सदस्यको हितमा भन्दा पनि सञ्चालकहरू व्यक्तिगत हितको मार्ग पहिल्याउँदा सहकारी क्षेत्रमा सानु तिनो पहिरो नगएको हैन । थोरै सहकारीले बदनाम हुने ढङ्गको कार्य गर्दा सिंगो सहकारीको क्षेत्रमै नराम्रो असर पर्नु स्वभाविकै हो । जसका कारण शेयर सदस्यहरू सशंकित हुँदै सहकारीबाट बाहिरिनु खोज्नु अस्वभाविक हैन ।

    शेयर सदस्यहरूले समाजमा छरिएर रहेका सहकारीले गर्ने कार्यहरूको निगरानी राख्दै चासो दिनु अस्वभाविक हैन । जनताको निगरानीमा सक्षम देखिएका सहकारीलाई साथ र सहयोग गर्नु स्वभाविक हो । वास्तवमा आम जनताले सहकारीको क्षेत्रमा चासो राख्दै गर्दाको अवस्थामा सहकारी स्वयंले सहकारीको अवस्था सार्वजनिक गर्नु सहकारी कर्मीहरूका लागि मात्रै नभई आम जनताको चाहना पुरा गर्नु हो ।

    १० वर्षे जनयुद्धको कारण पाँचखालमा रहेको बैंकहरू समेत उठेर गएको अवस्थामा पाँचखाल र आसपासको क्षेत्रमा आर्थिक कारोबार गर्ने विषयमा निकै समस्या झेल्दै गरेका स्थानियको समस्यालाई मध्यनजर राख्दै सञ्चालनमा आएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यहरूको मन जित्न सफल भएको छ भने शेयर सदस्यहरूले पनि ढुक्कका साथ कारोबार गर्ने गरेका छन् । सहकारीले दिने सेवा , नीति र विधिको आधारमा पारदर्शितासँग सञ्चालनमा आएकोले शेयर सदस्यहरूले विश्वास गर्नु नौलो हैन ।

    संस्था सञ्चालनको सुरुवाती अवस्था शेयर सदस्यहरूको हितको साथै सामाजिक सेवामा सक्रियता रहने उद्देश्यसाथ सुरुभएको संस्थाले आफ्नो उद्देश्यलाई निरन्तरता दिदै आएको छ । शेयर सदस्यको हितको लागि विगत देखिनै दिदै आएको सुबिधा लाई निरन्तरता दिदै १० मिनेटमा बचत तथा बचत फिर्ताको सेवा प्रदान गर्दै आएको छ । संस्थाले अन्य सहकारीहरुको तुलनामा बचतमा १ प्रतिशत बडी व्याज र कर्जामा १ प्रतिशत कम व्याज प्रदान गर्दै आएको छ ।

    संस्था कुन अवस्थामा रहेको छ ? शेयर पूँजी , तरलता , बचत , कर्जा प्रवाह तथा बाह्य कर्जा लगायत आम्दानी तथा खर्चको बारेमा चार्टर एकाउन्टको उपस्थितिमा आन्तरिक लेखा परिक्षण गरी सार्वजनिक गर्ने कार्यलाई निरन्तरता साथै संस्थामा निर्वाचित लेखा तथा सुपरीवेक्षण समितिले त्रैमासिक रुपमा सार्वजनिक गर्ने गर्दा संस्थाको अवस्थाको बारेमा शेयर सदस्यले जान्न पाउने अधिकारले संस्था प्रति विश्वासको वातावरण थप बन्दै गएको छ ।

    संस्थाको अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको अर्ध बाषिर्क समीक्षा बैठक सम्पन्न भएको हो । जसमा संस्थाको आ व ०८०÷८१ को अर्ध बाषिर्क समीक्षा बैठक संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्व सम्पन्न भएको थियो । संस्थाका पूर्व सञ्चालक सम्मान सहित को कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली को विशेष आतिथ्य मा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सरोज सापकोटा‚ सल्लाहकार एवम् पूर्व अध्यक्ष दामोदर अधिकारी , सल्लाहकार सत्यवती भट्टराई , लेखा संयोजक बद्री आचार्य लगायत का अतिथिहरूको आतिथ्यता रहेको थियो ।

    संस्थाका सचिव राम प्रसाद कोइराला द्वारा सञ्चालित कार्यक्रममा सस्था का उपाध्यक्ष जान्दवी अधिकारी द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाका आर्थिक विभाग प्रमुख अनुप सापकोटा द्वारा संस्थाको अर्ध बाषिर्क प्रतिवेदन बैठक मा प्रस्तुत गर्नु भएको थियो । संस्थाले सहकारी प्रतिको अहिलेको समसामयिक घटना परिदृश्य र आम नागरिक को सहकारी प्रतिको धारणा का बिचको विषम परिस्थिति मा समेत आफ्ना नीति तथा कार्यक्रम उल्लास का साथ सदस्यप्रति लक्षित रहि सञ्चालन गरेको विवरण सहित संस्थाको योजना तथा बजेट का उपलब्धि विश्लेषण सहित संस्थाको आगामी कार्यदिशा सहित को प्रतिवेदन उपर सहभागीहरू बाट बृहत् छलफल सहित राय तथा सल्लाह सुझाव संकलन गर्दै आगामी दिनहरूमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो । छलफल का क्रममा उठेका सवाल उपर संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले सहभागीको सुझावको आधारमा अगाडि बढ्दै देशकै अव्बल सहकारी बनाउने प्रयत्न गर्ने बताउनु भयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुर नाथ अधिकारीले संस्थाको अवस्थाको बारेमा प्रष्ट पार्नु पार्दै शेयर सदस्यहरूको हितको लागि निरन्तर अगाडि बढ्ने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १२%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार