२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा अटो दुर्घटना ४ घाईते


१४११९ पाठक संख्या
  • २०८० माघ १८, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको शंखुबाट पनौती आउदै गरेको ना २ ह ३६४२ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट तल पल्टिदा अटोमा सवार चालक सहित ६ जना मध्ये ४ जना घाईते भएका छन् ।

    घाईते हुनेहरुमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ७० की रोमाकुमारी अधिकारी , पनौती नगरपालिका वडा नं १२ बस्ने बर्ष ४१ की चन्द्रावती के.सि., पनौती नगरपालिका वडा नं १० खोपासी बस्ने बर्ष ३५ की बिमला खत्री र अटो चालक पनौती नगरपालिका वडा नं ९ बस्ने बर्ष २३ को बिकाश तिमिल्सिना घाइते भएका छन् ।

    आज (बिहिवार) भएको दुर्घटनामा घाईतेहुनेहरुको धुलिखेल अस्पतालमा उपचार भई रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनास्थलमा प्रहरी चौकी पनौतीबाट प्र.ना.निको कमाण्डमा ४ जनाको टोली खटी उद्धार कार्यमा संलग्न भएका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार