२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई यात्रु बाहक बस एक आपसमा ठक्कर ५ घाईते


८२९५ पाठक संख्या
  • २०८० माघ १९, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १४ भैंसेपाटीमा पनौति बाट काठमाडौं तर्फ जादै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको थियो ।

    उक्त दुई यात्रुवाहक बसहरु एक आपसमा ठक्कर खाएको खबर प्राप्त हुनासाथ प्र. चौ. साँगाबाट प्र.ना.नि.को कमाण्डमा टोलीले घाइते यात्रुहरुको उपचारको व्यवस्था मिलाईएको थियो । सवारी दुर्घटनाबाट घाईते हुनेहरुमा बा प्र–०१–००६ ख २९९७ न. बसमा सवार घाईते –पाँचखाल नवगरपालिका वडा नं.६ बस्ने बर्ष २४ की नबिना दनुवार , र बा.२ ख ६६६९ न.को बसमा सवार नमोबुद्ध नगरपालिका वडा नं ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा उनको छोरी बर्ष ११ की फुर्सङ लामा र छोरा बर्ष ९ को समर्पण लामा रहेका छन् । त्यसैगरी नमोबुद्ध नगरपालिका वडा नं ५ बस्ने बर्ष २० की करुणा भुजेल घाईते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार