२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा बजार अनुगमन ,लापरवाही गर्नेलाई चेतावनी सहितको जरिवाना


९५९५ पाठक संख्या
  • २०८० माघ १९, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको प्रमुख बजार क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकृत सुवास पौडेलको नेतृत्वमा आएको टोलीले बजार अनुगमन गरेको छ ।

    आज (शुक्रवार) पाँचखालको बजार अनुगमनको लागि घरेलु तथा साना उद्योग कार्यालय काभ्रे धुलिखेलका प्रमुख यज्ञ बहादुर ओली ‚ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाईँ ‚ पाँचखाल नगरका उपप्रमुख सूर्य माया दनुवार ‚ पाँचखाल नगरका शाखा अधिकृत सन्तोष पौडेल ‚ उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्की र अरिष्ट उपाध्यक्ष नवीन निरौला ‚ पाँचखाल प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक राजाराम खतिवडाको नेतृत्वको प्रहरी टोली‚ सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण कार्कीको नेतृत्व टोली ‚ सञ्चारकर्मीहरू साथै स्थानिय हरुको उपस्थितिमा अनुगमन गरिएको थियो ।

    बजार अनुगमनको क्रममा खाद्यान्न पसल ‚ दूध डेरी ‚ मासु पसल ‚ होटल व्यवसाय ‚ मार्ट लगायत बिभिन्न २८ वटा पसलहरू अनुगमन गरिएको थियो । अनुगमनको क्रममा उपभोग्य मिति सकिएका सामानहरू नष्ट गरिएको थियो । सामान्य कमजोरी भएका पसलहरूलाई सुझाव दिदै सुधारको लागि मौका प्रदान गरिएको थियो । बजारमा बिक्रीका लागि राखिएको सामाग्रिहरु बाट मानव स्वास्थ्यलाई असर नपुर्‍याओस् भन्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा ज्योति बंगुर मासु खरिद बिक्री केन्द्रले व्यवसायीको तफर्बाट पालन गर्नुपर्ने नियमहरूलाई वास्ता नगरी उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने ढंगबाट व्यवसाय गरेकोले पहिलो पटकको लागि न्यूनतम जरिवाना गरिएको छ ।

    बजार अनुगमनको क्रममा अनुगमन टोलीले व्यवसायीहरूलाई व्यवसाय सञ्चालनको तौर तरिका ‚ कानुनी अवस्था ‚ उपभोक्ताको स्वास्थ्य ‚ खुजुरा विकृको लागि थोक सामान खरिद गर्दा अपनाउनु पर्ने विधि लगायतको विषयमा जानकारी गराइएको थियो । अनुगमनको क्रममा भेटिएको सामान्य त्रुटिहरूलाई औंल्याउँदै भावी दिनहरूमा यस्ता कमी कमजोरी नगर्न सुझाव समेत दिइएको थियो । व्यवसायिहरूले भुलवश उपभोक्ता मिति सकिएको सामानहरू पसलमा रहेको र आगामी दिनमा उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

    अनुगमनको विषयमा आमसञ्चारकर्मीको जिग्यासा मेटाउँदै घरेलु तथा साना उद्योग कार्यालय काभ्रे धुलिखेलका प्रमुख यज्ञ बहादुर ओलीले भन्नुभयो — जिल्ला स्तरीय ११ औं बजार आज गरेउं अनुगमन व्यवसायीहरूलाई दुःख दिने हाम्रो नियत हैन ‚ कमी कमजोरी गर्नेलाई सामान्य कारवाही त होला तर अनुगमनको प्रमुख उद्देश्य भनेको व्यवसायीहरूको उत्प्रेरणा जगाउने पनि हो । हामी व्यवसायीलाई के कसरी सफल बनाउने भन्ने सोचमा छौं । अनुगमनले व्यवसायीलाई हतोत्साह बनाउदैन थप सक्षम बनाउँछ ।

    त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाँईले भन्नुभयो — हाम्रो प्रमुख उद्देश्य व्यवसायीले व्यवसाय गर्दा उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर राखेर व्यवसाय गर्नुपर्छ भन्ने हो । व्यवसायीलाई दुःख दिनुपर्छ भन्ने हाम्रो सोच हैन हामी सधैँ व्यवसायीहरूको हौसलाको लागि कार्य गछौँ तर व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सबैखाले वीधिहरु अपनाउनु पर्छ । सरसफाइ ‚ सामान सुरक्षित भण्डारण ‚ उपभोग्य मिति ‚ कानुनी प्रकृया अपनाएर व्यवसाय सञ्चालन गर्दा उपभोक्ताहरूको मन जित्न सकिन्छ जसको कारण व्यवसाय फस्टाउँछ भन्ने विषय बिर्सनु भएन । यस्ता विषयहरू सम्झाउन साथै उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर राखेर अनुगमन गर्ने गरेका छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार