२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

७३ बोरा गाँजा सहित तीन जनालाई काभ्रे प्रहरीले झ्याप ( भिडियो सहित ) 


९२३१ पाठक संख्या
  • २०८० माघ २२, सोमबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ५ आईटी पार्कमा इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौती बाट आएका प्रहरी टोलीले सडकमा चेक जाँच गर्दा गाँजा सहित मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार सवारी चेक जाँचको क्रममा पनौतीबाट बनेपा तफर् जाँदै गरेको बा ६ च २९६ नं.को डिआई गाडिमा चेकजाँच गर्दा उक्त गाडीमा लोड गरी ल्याएको अप्रशोधित गाँजा ( भर्खर काटेको जस्तो हरियो देखिने ) प्लाष्टिकको बिभिन्न साईजको  ७३ बोरामा  गाँजा फेला परेको थियो । अवैध गाँजा फेला पछी गाडी सहित ३ जना मानिसहरूलाई नियन्त्रणमा लिई ई.प्र.का. बनेपामा ल्याई अनुसन्धान कार्य लाई अगाडि बढाएको छ ।

    सवारी चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं ११ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ३५ को बुद्धमान तामाङ । जिल्ला रामेछाप रामेछाप नगरपालिका वडा नं ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने वर्ष २० को सञ्जीव तामाङ र रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने वर्ष ५३ कि विमला तामाङ लाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार