२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

पाँचखालमा सवारी दुर्घटना एकको मृत्यु , एक घाईते


१७२९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ८ (अरनिको राजमार्ग खण्ड ५० किलो) मा सवारी दुर्घटना हुँदा एकको मृत्यु एकको उपचार हुँदै ।

    आज (मंगलवार) दिउसो ३ः४० को समयमा दोलालघाटबाट जिरो किलो तर्फ आउँदै गरेको बा.प्र. ०२–०३४ प. ३३२१ मो.सा. आफै अनियन्त्रित भई बिपरित दिशाबाट आएको बा.३ ख. ७२०४ नं. को आईचर गाडिसँग ठोक्किई दुर्घटना हुँदा मोटरसाईकल चालक सिन्धुपाल्चोक जिल्ला ईन्द्रावति गाउंपालिका वडा नं ७ बस्ने बर्ष २८ को मुरारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दिउसो ४ बजे उपचारको लागि धुलिखेल अस्पताल पुगेकोमा ४ः१८ बजेको समयमा उक्त अस्पतालको डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटनाको खवर प्राप्त हुनासाथ उक्त घटनास्थलमा प्रहरी चौकी पाँचखालबाट प्र.नि. को कमाण्डमा ट्राफिक सहितको टोलि खटि गएको थियो प्रहरी र स्थानियको सहयोगमा घाईतेहरुलाई धुलिखेल अस्पताल पठाईएको थियो ।

    दुई घाईते मध्य मुरारी कार्कीको मृत्यु भएको र मोटरसाईकलको पछाडी बसी सवार गर्ने जिल्ला सिन्धुपाल्चोक ईन्द्रावति गाउंपालिका वडा नं ७. बस्ने बर्ष २८ को राजन दङ्गालको धुलिखेल अस्पतालमा उपचार हुदै गरेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र आईचर चालक जिल्ला काभ्रे भुम्लु गाउंपालिका वडा नं ४ बस्ने बर्ष २४ को पुर्ण बहादुर पहरी चौकिको नियन्त्रणमा रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार