२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

स्कारपियोको ठक्करबाट दिदीबहिनीको मृत्यु


७४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन ३, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • घोराही, फागुन ३ गते । दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी- बहिनीको मृत्यु भएको छ ।

    स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक  जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार बुधबार करिव सवा ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गईरहेको प्रदेश नम्वर ३–०१–०२२ च–१३६९ नम्बरको स्कारपियोले  सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।

    स्कारपियोको ठक्करबाट गम्भीर घाइते हुनुभएकी राधालाई उपचारका लागि   लमही अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको, बहिनीलाई सिसहनियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभएको छ ।  उक्त सवारी साधन नियन्त्रणमा लिईएको र स्कारपियो चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार