२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

गुणस्तरिय शिक्षा कायम गर्न निजि क्षेत्रको भुमिका महत्वपुर्ण छ—शाक्य


५६१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन ६, आईतबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र आसपासको जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपामा फरक सैलि अपनाएर सञ्चालन हुदै आएको (ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित) ज्ञानकुञ्ज विद्यालयको २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    सकारात्मक सोचले काम गर्दा जुन सुकै क्षेत्रमा पनि सफलता पाउन सकिन्छ, भन्ने पुर्ण विस्वासका साथ अगाडि बढेकोे संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सफलतै सफलताको विचमा २१औं बर्षमा प्रवेश गरेको छ ।

    सोही अवसरमा विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गर्दै भव्य तिष्ठान स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको छ । २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाक्यले बनेपा क्षेत्रको शिक्षाको गुणस्तर कायम गर्न निजी क्षेत्रका विद्यालयहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

    कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वाग तमन्तब्य सहित विद्यालय तहका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । शिक्षा विद्यार्थीका लागि विद्यार्थी राष्ट्रको समुन्नती र विकासको लागि भन्ने मुल नाराका साथ नैतिक, व्यवहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिदै आएको जानकारी गराउनु भयो । आजको शिक्षाको बिकासमा किताबि ज्ञानले मात्र पूर्णता नहुने निश्कर्ष निकाल्दै सबै शैक्षिक संस्थाहरुले किताबि ज्ञानका साथ साथै जीवन उपयोगि शिक्षामापनि जोड दिनु भयोे ।

    समाज रुपान्तरणको लागि आफूहरुले सदैव शिक्षामा जोड दिइ उद्येमी, व्यवसायिका साथै राष्ट्र निमार्णमा अब्बल भई साथदिने जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनु भयो । काभे्रेमापनि एकै छानामुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले बताउनु भयो । ‘हामी एकै छानामुनि सबै प्रकारको शिक्षा दिन सकिन्छ भनेर लागेका छौ’ । राष्ट्रका कर्णधारहरु शिक्षाको सुनौलो प्रकाशबाट कोहि पनि टाढा नहुन् भन्ने उद्देश्यले सयौ विद्यार्थीहरुलाई २५ लाखको छात्र वृत्तिसमेत प्रदान गरेको बताउनु भयो ।

    बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका सहायक प्रिन्सिपल रत्नराज खतिवडाले एक बर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गर्नुभएको थियो । एक बर्षमा प्ले ग्रुप देखि स्नातकोत्तर तहसम्म अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको बताउनु भयो ।

    कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमिल्सिना काभ्रे जिल्ला प्याबसनका अध्यक्ष श्याम बहादुर भुजेल, बेलर स्कुलका अध्यक्ष भोला थापा, तथा िवभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले हरेक वर्ष रचानात्मक कार्यहरु गर्ने गरेको छ । प्रतिष्ठानले काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको छ । यसबर्ष काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने शिक्षासेवीहरु प्रा.भोला के.सी., मोहन प्रसाद दुवाल, गोबिन्द लाल प्रधानाङ्ग, ध्रुबराज कर्णजित र रघुनाथ कर्माचार्यलाई सम्मान गरेको थियो ।

    संचालक आत्मारा मथापाले तल्लो तह देखिनै विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउँदै लगेको र जिल्ला तथा राष्ट्रिय स्तरमा हुने खेलकुद तथा अतिरिक्त कृयाकलापहरुमा प्रतिष्ठान सदैव अब्बल भएको बताउनु भयो । भौतिक, नैतिकसँगै व्यवहारिक शिक्षा ज्ञानकुञ्ज वाट प्रदान भैइरहेको र समय सापेक्ष सुधारको लागि अभिभावकहरुसँग थापाले सुझावको लागि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको मौलिक संस्कृती झल्कने नाच, गान, नाटक तथा विविध सास्कृतिक कार्यक्रमको प्रस्तुतीले अभिभावक तथा अन्य पाहुनाहरुका लागि भरपुर्ण मनोरञ्जन प्रदान गरेको थियो । यस्ता सांस्कृतिक कार्यक्रम बाट विद्यार्थीहरुको शैक्षिक, वौद्धिक, सास्कृतिक, नैतिक, व्यावहारिक तथा व्यावसायिक विषयमा अब्बल हुने कुरामा दुई मत नहुने जानकारी गराईएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार