२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

पाँचखाल तरुणले सालिक सफाइ गर्दै मनायो प्रजातन्त्र दिवस‚ टिलिक्क टल्कियो रुद्र बलरामको सालिक 


७८७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन ७, सोमबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको दुई सालिक र सालिकको हातामा सरसफाइ गर्दै पाँचखाल तरुणले मनायो ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस ।

    नेपालमा राजनीतिक फेरबदलको क्रममा माओवादीले चलाएको १० वर्षे जनयुद्धमा सहादत हुनुभएका बलराम सापकोटा र पाँचखाल र आसपासका जनताको सेवामा तल्लिन पाँचखाल गा.वि.सका पूर्व अध्यक्ष समाजसेवी रुद्र बहादुर बानियाँको सालिक र हातामा सफाइ भएको हो ।

    नेपाल तरुणदल पाँचखाल नगर कार्यसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा तरुण पाँचखालका सभापति विकास लामा ‚ तरुण पाँचखाल वडा नं ६ का सभापति प्रेमलाल (केदार) नापित ‚ लगायतका तरुण युवाहरूको उपस्थितिमा गरिएको सफाइ कार्यक्रमले गर्दा सालिक टलक्कै टल्किएको थियो ।

    पाँचखाल तरुणले प्रजातन्त्र दिवस मनाउँदै गर्दा कम्युनिस्ट विचारधाराका सालिक र हातामा सरसफाइ गर्दा तरुण दलले निष्पक्ष ढंगबाट कार्य गर्ने ढङ्गको सन्देश दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार