२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

बेथानचोकमा मेलमिलाप कर्ता उत्पादन तालिम सम्पन्न


८१६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन ९, बुधबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलाप कर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गते सम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो ।

    बुधबार तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नु पर्ने धारणा राख्नु भयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलो सम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलाप कर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्न ेधारणा राख्नुभयो । चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिका मध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यस आर्थिक वर्षमा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका, २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले सुशासनका गतिविधिहरुमा बेथानचोक गाउँपालिका काभ्रेका गाउँपालिकाहरुमा पहिलो स्थानमा रहेको बताउनु भयो । यस्तै जिल्ला भरीको सुशासन, सेवाप्रवाह, भौतिक पूर्वाधार, आर्थिक प्रशासन लगायतका मापनहरु मार्फत हुने संस्थागत स्वमुल्यांकन (लिजा) मा जिल्ला मै नगर र गाउँपालिकाहरुमा प्रथम भएको बताउनु भयो ।

    कार्यक्रममा मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्नर फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । सहभागि कैलाश तिमल्सिनाले तालिमले कतिपय नबुझेका कुरामा स्पष्टता मिलेको बताउनु भयो । सो अवसरमा गाउपालिकाका कुनै पनि वडामा विवाद नहोस् भन्ने कुरामा गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै तालिममा सिकेको ज्ञानले समाजमा हार्दिकताका साथ मेलमिलाप कायम राख्न, समुदायस्तरमा न्यायिक मेलमिलापका लागि कार्य गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल, न्यायिक समिति सदस्यएवं कार्यपालिका सदस्य दिलकुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार