२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

एम्बुलेन्स चालकलाई काभ्रेपलाञ्चोक प्रहरीले झ्याप


१८४३५ पाठक संख्या
  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । मादक पदार्थ सेवन गरी सडक अवरुद्ध गर्ने एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।

    हिजो विहिवार राती १०/३० बजेको समयमा धुलिखेल नगरपालिका वडा नं ८ अरनिको राजमार्ग तिरतिरे धारामा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ५ का बर्ष १९ को अभिषेक तोलाङ्गेले सडक अबरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार सदभाव सामुदायिक हस्पिटल बनेपा नगरपालिका वडा नं ४ को बा १५ च २७७४ नं. को एम्बुलेन्स मादक पदार्थ सेवन गरी चलाई बाटो अबरुद्ध गर्न खोज्दा सम्झाइबुझाई गर्ने प्रहरीलाई समेत अभद्र व्यवहार गर्दा निजलाई जिल्ला प्रहरी कार्यालय काभ्रेद्वारा पक्राउ गरी ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%६%४%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार