२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

नक्कली बजार अनुगमनकर्ता बनी ठगि गर्ने २ जना पक्राउ


६१८९ पाठक संख्या
  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक /काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ५ घसिला मार्ग स्थित नक्कली बजार अनुगमन कर्तालाई प्रहरीले पक्राय गरी कारबाही गरेको छ ।
    उपभोक्ता मञ्च नेपालबाट बजार अनुगमन गर्न आएको भनि बताउने व्क्तिहरु उपर व्यसायीहरुलाई संका लागि प्रहरीलाई खबर गरेको थियो । माघ १२ गते सोही स्थानमा अनुगमन गर्ने नाउमा आएका नक्कलीले बिभिन्न खाले डर त्रास देखाए १० हजार लिएर गएको समेत खुल्न आएको छ । पुन सोहि स्थानमा फागुन ९ गते बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रबेश गरेको देखि प्रहरीलाई खबर गरेपश्चात तत्काल ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई गई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    नक्कलि बजार अनुगमनकर्ता भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं.७ वस्ने लक्ष्मी प्रसाद न्यैपानेको छोरा बर्ष ५० को वासुदेव न्यैपाने, काठमाण्डौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं. २९ घर भइ हाल जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं.७ बस्ने लक्ष्मी नारायण पोखरेलको छोरा वर्ष ५२ को रोशन पोखरेल लाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका व्यक्तिहरुबाट उपभोक्ता मञ्च नेपाल – Nepal consumers Forum_संस्थाको नाम लेखी बनाईएका निजहरुका नामका परिचय पत्र थान २, नोकिया कि प्याड मोबाईल थान –१,Intex screen touch mobile थान – १ , Samsung Screen Touch Mobile –१ र नगद ३ हजार ५ सय बरामद भएको जानकारी प्राप्त भएको छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरु संरक्षण उपभोक्ता मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा निजहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको प्रमाणित भएको छ । निजहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेकाले जिल्ला अदालत काभ्रेपलाञ्चोक बाट ५ दिनको म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले नीज नक्कलिहरुबाट अन्य कतैपनि ठगिगरेको भए सम्पर्क गर्न समेत भनेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार