२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

ओभरलोड बोक्नेहरुका विरुद्धमा कठोर भएर लाग्ने छौं —एस पि खड्का (भिडियो सहित)


६६३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १३, आईतबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख (एस पी) बशुन्धरा खड्काले सुरक्षाको कारण विकास निर्माण कार्यमा कुनैपनि अवरोध हुन नदिने बताउनु भयो ।

    आज (आईतवार) जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा  एस पि खड्काले उक्त धारणा राख्नुभएको हो ।

    परिचयात्मक कार्यक्रममा एस पि खड्काले भन्नुभयो “हामी प्रहरीले मुस्कान सहितको सेवा प्रदान गर्दै अगाडि बढ्छौ । राम्रो काम गर्दा हौसला र केही कमी कमजोरी गरेमा आलोचना समेत हुन आवश्यक रहन्छ ।” जिल्लावासीले दिएको सुझावलाई मध्यनजर राख्दै नेपाल प्रहरीले बनाएको बाषिर्क कार्ययोजनाको आधारमा अगाडि बढ्छौं । शान्ति सुरक्षालाई मजबुत पार्नको लागि प्रहरीको कार्यशैलिमा थप मजबुत बनाएर अगाडि बढ्छौ प्रहरी प्रमुख खड्काले थप्नुभयो ।

    काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या घटनाको चुनौती रहेको पाएको छु । सो समस्या समाधानको लागि प्रहरी फरक ढंगले अगाडि बढ्दै गर्दा सञ्चारकर्मीहरूको साथ सहयोग उत्तिकै आवश्यक रहने छ । काभ्रेपलाञ्चोक सिमाना जोडिएका १० जिल्लासँग समन्वय गरेर कार्य गर्न जरुरी रहन्छ ।

    सिमाना जोडिएका जिल्लाहरूमा घटना घटाएर अन्य जिल्लामा सेल्टरको रुपमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू लुकी छिपी रहन सक्छन् त्यस्ता विषयलाई मध्यनजर राख्न उत्तिकै आवश्यक रहन्छ । सडक दुर्घटना न्यूनिकरणको लागि फरक शैलीबाट अगाडि बढ्छौ ‚ ट्रिपरले गर्दा दुर्घटनाहरू हुने सम्भावना बढेको पाइएको छ । ट्रिपरको कारणले हुने दुर्घटना रोक्नको लागि टाइम कार्डको व्यवस्था व्यवस्था गर्छौ । टाइमकार्डको वास्ता नगर्ने तथा ओभर लोड बोक्नेगरेका विरुद्ध कठोर भएर लाग्ने एस पि खड्काले बताउनु भयो ।

    एस पि खड्काले जिल्लामा कुनैपनि ढङ्गको गैर कानुनी कार्य हुन नदिने बताउँदै तस्करी‚ गुण्डागर्दी र आर्थिक लेनदेनमा कुनै पनि सम्झौता नहुने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने‚ आर्थिक‚ सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर अगाडि बढ्छौ । तस्करी र गुण्डागर्दी एवं आपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथै चोरी तस्करी‚ लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशीलता अपनाइने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्री राज तिमल्सिनाले भन्नुभयो —प्रहरीले नागरिक मैत्री काम गर्दा रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ । काभ्रेमा निकै अनुभवी एस पि आउनुभएकोले सुरक्षाको अवस्था मजबुत हुनेमा आशावादी रहेका छौं । विगतमा भएका केही घटनाहरूमा जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सहमति भए अनुसारको काम हुन नसकेको दुखेसो पोख्दै आगामी दिनमा त्यस्तो अपारदर्शिता काम हुनु हुदैन भन्दै सुझाव दिनुभयो । विगतमा भएका कतिपय घटनाहरूमा प्रहरी मूक दर्शक भएको पाइन्छ अबको दिनमा त्यस्तो कार्यमा सुधार हुन जरुरी रहन्छ । अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।

    त्यसैगरी पत्रकार महासङ्घका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले प्रहरीले सेवा प्रदान गर्दा नागरिक मैत्री ढंगबाट सेवा दिन जरुरी रहन्छ यदि त्यसो हुन नसकेमा आलोचना हुन सक्ने बताउनु भयो । जिल्लामा भएका केही हत्याको लामो समयसम्म पहिचान हुन नसकेको भन्दै त्यस्ता घटनाका दोषि हरुको पहिचान गर्न जरुरी रहने बताउनु भयो । जिल्लाको निकै चर्चित एवं ऐतिहासिक धरोहर पलाञ्चोक भगवतीको मन्दिरमा चोरी भएको १ वर्ष विति सक्दापनि दोसिको पहिचान गर्न नसकेको दुखेसो पोख्नुभयो ।

    परिचयात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सूचना अधिकृत राजकुमार श्रेष्ठ‚ इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी‚ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख जनार्दन घिमिरे लगायत पत्रकार एवं सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार