२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

स्कुटर चोरीमा संलग्न ब्यक्ती लाई काभ्रे प्रहरीले झ्याप


८४७७ पाठक संख्या
  • २०८० फागुन १४, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ७ स्थित चार दोबाटो चोकबाट हराएको स्कुटर प्रहरीको प्रयासमा फेला परेको छ ।

    फागुन ११ गते दिउंसो ३ बजेको समयमा बनेपाको चारदोवाटोमा पार्किङ गरेको स्थानबाट बा.प्र.०२–०२५ प ५५९५ नं. को रातो रङ्गको होण्डा म्क्ष्इ कम्पनिको स्कुटर हराएको चोरी भएको थियो ।

    चोरीको सुचना पाउनासाथ प्रहरीले सो क्षेत्र आस पासका सि.सि. क्यामेराको फुटेजको सुक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात उक्त स्कुटर चोरी गरी लाने ब्यक्तिको पहिचान गरी जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने बिष्णु भट्टराई लाई पक्रन सफल भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार खोज तलास गर्ने क्रममा फागुन १२ गते जिल्ला धादिङ थाक्रे गाउँ पालिका वडा नं. ६ महादेववेशी बाट धादिङ प्रहरी संगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न ब्यक्ती तथा चोरीको स्कुटर समेत बरामद गर्न सफल भएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार