२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

श्रीमतीको हत्या गरेर श्रीमान फरार


१२४८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १९, शनिबार मा प्रकाशित २ महिना अघि
  • सुदिप काफ्ले
    विराटनगर/सामान्य घरायसी विवादको कारण कुटपिट गरी श्रीमतिको हत्या गरी श्रीमान फरार भएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ७ का २७ वर्षीय मंसिरे शेर्पाले शुक्रबार राती २६ वर्षिया श्रीमती विना राईको हत्या गरेको खुल्न आएको छ ।

    खाँदबारी नगरपालिका वडा नं ११ आङ्ला घर भई खाँदबारी–१ बस्ने मंसिरेले कुटपिट गरी विनाको हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर अशोक जगेवुले जानकारी गराएका छन् ।

    मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ । शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ । श्रीमतीको हत्या लगत्तै शेर्पा फरार भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार