२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

नक्कली प्रहरी बन्दै ठगी गर्ने दुईलाई प्रहरीले झ्याप


६६८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १९, शनिबार मा प्रकाशित २ महिना अघि
  • पोखरा । प्रहरी भन्दै ठगिमा संलग्न दुई नक्कली प्रहरीलाई सक्कलि प्रहरीले झ्याप पारी कारवाही प्रकृया अगाडि बढाएको छ । पोखरा ६ लेकसाइडबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा पोखरा ६ शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र फूलबारी बस्ने २१ वर्षका विवेक ठाकुर रहेका छन् । उनीहरुले रक्सी पिएर आफूहरू प्रहरी भएको भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

    ‘हामीहरू प्रहरीको ठुलै व्यक्ति हौ भन्दै वाकिटाकी समेत देखाएका भेटियो,’ प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘स्थानीयहरूलाई डर त्रास र धम्की दिएको गुनासो आएपछि पक्राउ गरिएको हो ।’ उनीहरूको साथबाट १ सेट वाकिटाकी बरामद गरिएको छ ।

    सम्झाउन खोज्दा ड्युटीमा रहेका प्रहरीलाई नै अभद्र व्यवहार गरेको रानाले बताए । उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान थालिएको उनको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार